Skip to main content
King County logo
COVID-19 डेल्टा भेरिएन्ट तीव्र रूपमा फैलँदैछ। किङ काउन्टीमा सेप्टेम्बर ७ बाट, ५०० वा सोभन्दा बढी मानिस भेला हुने बाहिरी कार्यक्रममा सबैले मास्क लगाउनुपर्नेछ, र सार्वजनिक भित्री ठाउँमा यो कायमै रहनेछ। मानिसहरूले ६ फुट दुरी कायम गर्न नसक्ने भिडभाड बाहिरी ठाउँमा मास्क लगाउन कडा रूपमा जोड दिइएको छ (अनिवार्य भने छैन)। थप जानकारीका लागि, किङ काउन्टीको आदेश र हाम्रो मास्कङ मार्गदर्शन पेज हेर्नुहोस् (वेबसाइट अंग्रेजीमा मात्र छ)।

पूर्ण खोप नलगाएकाहरुलाई राज्य स्वास्थ्य विभागको आदेश State Department of Health Order (अंग्रेजीमा) कायमै रहनेछः पूर्ण खोप नलिएकाहरुले “कुनै पनि सार्वजनिक इन्डोर ठाउँमा, वा अरुबाट ६ फुटको दुरीमा रहन नसकिने खुला ठाउँमा मास्क लगाउनुपर्नेछ।”

निम्न ठाउँमा टपक्क मिलेको मास्क सबैले लगाउनैपर्छः

  • सुधार केन्द्र
  • बेघर आश्रय
  • स्कुल तथा बालस्याहार स्थल
  • सार्वजनिक सवारीसाधन, र,
  • स्वास्थ्य स्याहार स्थल, जस्तै डाक्टरको कार्यालय, दीर्घकालीन स्याहार, र अस्पताल

धेरै ठाउँमा मास्क नलगाई हिँड्न मिल्ने खुलाउँदै सिडिसी (द युएस सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन) ले भर्खरै नयाँ निर्देशन (अंग्रेजीमा मात्र छ) जारी गर्यो। सिडिसी निर्देशक रोसेल वालेन्स्की र वासिङ्टन राज्यको स्वास्थ्य विभागले इन्डोर मास्क अनिवार्यता टुंग्याउने पाटो स्थानीय COVID-19 दर र खोप कभरेज दरमा जोडिने स्पष्ट पारेका छन्।

किङ काउन्टीमा के भइरहेको छ भन्नेबारे तपाईमा कुनै प्रश्न भए किङ काउन्टी COVID-19 कल सेन्टरको नम्बर २०६‑४७७‑३९७७ मा सोमबारदेखि शुक्रबार, बिहान ८ बजेदेखि साँझ ७ बजेसम्म फोन गर्न सक्नुहुन्छ। भाषा सहायता उपलब्ध छ।