Skip to main content
Our website is changing! Starting March 31, 2023 our website will look different, but we're working hard to make sure you can still find what you need.  
King County logo

डिसेम्बर 14, 2022:अब अद्यावधिक बुस्टर खोपहरू उपलब्ध छन्। अद्यावधिक बुस्टर खोपले हाल फैलिरहेको ओमिक्रोन भेरिएन्ट र COVID भाइरसको मूल प्रजातिलाई लक्षित गर्ने छ।

तपाईंले निम्न अवस्थामा अद्यावधिक बुस्टर खोप लगाउनु पर्छ:

  • तपाईं 6 महिना वा सोभन्दा बढी उमेरको हुनुहुन्छ,
  • तपाईंले खोपको प्रारम्भिक मात्रा (Moderna/Pfizer/Novavax को पहिलो 2 डोज र Johnson & Johnson को 1 डोज) लगाइसक्नुभएको छ, र
  • तपाईंले पछिल्लो डोज लगाएको कम्तीमा 2 महिना भइसकेको छ (तपाईंले पछिल्लो पटक लगाएको डोज प्रारम्भिक डोज वा बुस्टर डोजमध्ये जुनसुकै हुन सक्छ)।

विशेष गरी 50 वर्षभन्दा बढी उमेरका, शरीरको प्रतिरक्षा प्रणाली कमजोर भएका वा मधुमेह वा मुटु रोग जस्ता स्वास्थ्य समस्या भएका मानिसहरूसहित खोप लगाउन योग्य रहेका सबैले अद्यावधिक बुस्टर लगाउनु पर्छ।

नोट: प्रारम्भिक शृङ्खलाको रूपमा Pfizer खोप लगाउने 6 महिनादेखि 4 वर्षसम्मका बालबालिकाहरूले जम्मा 3 डोज लगाउने छन् । यदि उनीले अझै शृङ्खला पूरा गरेका छैनन् भने, उनीहरूले आफ्नो तेस्रो प्रारम्भिक डोजको रूपमा Pfizer बाइभ्यालेन्ट खोप लगाउने छन् । यदि तपाईंको बच्चालाई पहिले नै 3-डोजको Pfizer प्रारम्भिक शृङ्खला पूरा गरिएको छ भने, उनीहरूलाई बाइभ्यालेन्ट बुस्टर डोज लगाइँदैन।

खोपसम्बन्धी थप जानकारीका लागि Washington State Department of Health (वासिङ्गटन राज्यको स्वास्थ्य विभाग) ले तयार पारेको COVID-19 खोप सम्बन्धी पेजमा जानुहोस्।

कोरोना भाइरसको फैलावट व्यवस्थापन गर्न र एक अर्कालाई सुरक्षित राख्न यी कार्यहरू अपनाउनु होस |

उत्तम सुरक्षा चाहि खोप लगाउनु हो। पूर्ण रूपमा खोप लगाएका मानिसहरूले अब सुरक्षित रूपमा धेरै कुराहरू (अंग्रेजीमा वेबसाइट) गर्न सक्छन् र समुदायमा COVID-19 लाई कम गर्न मद्दत गरिरहेका छन्।.

उच्च जोखिमयुक्त अवस्था हरूमा (जस्तै भीडभाड हुने ठाउँहरू) मा मास्क लगाउनाले सबैलाई जोगाउन मद्दत गर्छ। यो विशेष गरी खोपबाट पूर्ण सुरक्षा प्राप्त गर्न नसक्ने मानिसहरूलाई बचाउन महत्त्वपूर्ण हुन्छ, जस्तै साना बालबालिकाहरू र भाइरससँग लड्न कम सक्षम स्वास्थ्य अवस्था भएका मानिसहरू।

यदि तपाइँसँग COVID-19 लक्षणहरू छन् वा सकारात्मक परीक्षण गर्ने कसैसँग नजिकको सम्पर्कमा हुनुहुन्छ भने परीक्षण गर्नुहोस् (अंग्रेजीमा वेबसाइट)।

परीक्षणबाट तपाईंमा COVID-19 पोजेटिभ देखियो वा रोगको उच्च जोखिममा हुनुहुन्छ भने, शीघ्र COVID-19 उपचार (जानकारी अंग्रेजीमा मात्र छ) ले तपाईंलाई गम्भीर बिरामी र अस्पताल भर्ना हुनबाट बचाउन सक्छ। आफूलाई उपचार आवश्यक देखिन्छ कि भनेर स्वास्थ्यसेवा प्रदायकलाई सोध्नुहोस्।

भाइरस सजिलै घर भित्र फैलिन्छ, त्यसैले व्यवसाय र संस्थाहरूले घर भित्र राम्रो हावा प्रवाह गरेर र हावा प्रवाह्क (फिल्टर्) हरू (अंग्रेजीमा वेबसाइट) प्रयोग गरेर हावामा भाइरस कम गर्न सक्छन्।


COVID-19 मा मार्गदर्शन